• ट्रेण्डिङ्ग :
४७ किलो चाँदीका गरगहनासहित तीनजना पक्राउ

४७ किलो चाँदीका गरगहनासहित तीनजना पक्राउ


  • 2.4K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.7K Views

    ४७ किलो चाँदीका गरगहनासहित तीनजना पक्राउ

    काठमाडौं । काठमाडौंका विभिन्न ठाउँहरूबाट आइतबार ४७ किलो अवैध चाँदीका गरगहना बरामद गरिएको छ । 

    images

    काठमाडौंको कोटेश्वर, चोटेबहाल लगायतका ठाउँबाट चाँदीका गरगहनासहित तीनजनालाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्साको वीरगंज महानगरपालिका–३ का ३२ वर्षीय सुमनकुमार सरार्फ र बाराको विश्रामपुरका २० वर्षीय मनिष सरार्फ छन् ।  

    राजस्व छली गरी बिल–बिजकबिना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्रीवितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

    चाँदीको गरगहनाको कारोबार गरेका उनीहरूलाई राजस्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको जनाइएको छ । 


    तेस्रो आँखा