- तेस्रो आँखा डेस्क
काठमाडौं, पुस २१ । कांग्रेस नेता डा.शेखर कोइरालाले केन्द्रीय सदस्य मनोनयनको आधार प्रष्ट्याउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
उनले के का आधारमा केन्द्रीय सदस्यहरु मनोनयन गरिएको हो ? भन्दै देउवालाई प्रश्न गरे । आफू निकटस्थ नेताहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने ‘सभापति जि , मनोनयनका आधारहरु सार्वजनिक गर्नुस् ।’

लाईक वा डिस्लाईकका आधारमा गरिने मनोनयले कांग्रेस भित्र ठूलो दुर्घटना निम्तने कोइरालाले चेतावनी दिए । ‘सबैको न्यायोचित व्यवस्थापन हुनुपर्छ,’ उनले भने ‘लाईक वा डिस्लाईकका आधारमा व्यक्ति छनोट भए ठूलो दुर्घटना निम्तन ।’ यसैगरि उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने र त्यसका लागि आम कांग्रेसीहरु तयारीमा लाग्नु पर्ने कोइरालाको आग्रह छ ।

