• ट्रेण्डिङ्ग :
नेपाली युवा टिमले चीनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली युवा टिमले चीनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने


  • 4.1K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.3K Views

    नेपाली युवा टिमले चीनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय युवा फुटबल टोलीले चीनको किङरघाई फुटबल क्लबको यू–२१ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

    images

    सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक सञ्जाल फेसबुकमार्फत मैत्रीपूर्ण खेलबारे जानकारी गराएको हो ।

    नेपालमा रहेको चिनियाँ राजदूत, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा माघ २७ गते शनिबार दशरथ रंगशालामा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल हुने छ ।

    उक्त खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको एन्फाले जनाएको छ । प्रतियोगिताको सहआयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ छन् ।

    खेल दिउँसो ३ बजे सुरु हुने छ । खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुने छ । यस्तै, पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरू समावेश हुने एन्फाले जनाएको छ ।

    आयोजकले साधारण प्याराफिटतर्फ ३०० र भीआईपी प्याराफिटतर्फ ५०० रुपैयाँ टिकट मूल्य तोकेको छ ।


    तेस्रो आँखा