पर्सा । पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट मंगलबार सशस्त्र प्रहरीले करिब १ सय ६८ के.जी. गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा धादिङको बेनिघाट गाउँपालिका ४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राङसिराङ गाउँपालिका ४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन् ।
पर्साको बिरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको गाँजासहित उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो । उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेका छन् ।
उनीहरुको साथबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोबाइल सेट समेत बरामद भएको छ । नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा, रुपैयाँ, मोबाइल सेट र गाडीसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दि
ए ।
