• ट्रेण्डिङ्ग :
जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक बस्दै

जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक बस्दै


  • 4.4K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.7K Views

    जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक बस्दै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ ।

    images

    बैठक बिहान ११ बजे ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    भोलिसम्म चल्ने बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनका विषयमा छलफल हुनेछ ।

    साथै पार्टीका नेताहरुको सक्रियतामा भएका कार्यहरुको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने जनाएको छ ।

    जसपाले पुस २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।


    तेस्रो आँखा