• ट्रेण्डिङ्ग :
कराँचीतर्फ जाँदै गरेको बस तालमा खस्दा तीन जनाको मृत्यु, १७ घाइते 

कराँचीतर्फ जाँदै गरेको बस तालमा खस्दा तीन जनाको मृत्यु, १७ घाइते 


  • 4.0K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.1K Views

    कराँचीतर्फ जाँदै गरेको बस तालमा खस्दा तीन जनाको मृत्यु, १७ घाइते 

    एजेन्सी,२५ पुस/ पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको बहावलपुर जिल्लामा मंगलवार एउटा बस तालमा खस्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको उद्धार सेवाले जनाएको छ । 

    images

    मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको उद्धार सेवाले जनाएको छ । जिल्लाको नौशेरा जादेद क्षेत्रमा यात्रुवाहक बस यू–टर्न लिने क्रममा पल्टिँदा सुक्खा तालमा खसेको थियो । 

    तीन यात्रुको घटनास्थलमै मृत्यु भएको उद्धार सेवाले जनाएको छ । सूचना पाएपछि उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेलाई स्थानीय अस्पतालमा लगिएको बताइएको छ । बस सङ्घीय राजधानी इस्लामावादबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ जाँदै गरेको थियो ।


    तेस्रो आँखा