• ट्रेण्डिङ्ग :
जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु

जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु


  • 5.4K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 8.3K Views

    जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु

    काठमाडौँ, २५ पुस/ जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार आजको बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत, आगामी महाधिवेशनको तयारीका साथै सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन् । 

    यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि बस्ने पार्टी कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा