• ट्रेण्डिङ्ग :
अवैध लागूऔषधसहित छ जना पक्राउ

अवैध लागूऔषधसहित छ जना पक्राउ


  • 2.8K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.3K Views

    अवैध लागूऔषधसहित छ जना पक्राउ

    काठमाडौं २५ पुस/ काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम एक एम्पुल, फेनारगन एक एम्पुल र नुर्फिन एक एम्पुलसहित खोटाङ घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने १९ वर्षीय सुशान राईलाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई  लागूऔषधसहित पक्राउ गरेको हो । 

    images

    थप अनुसन्धानको क्रममा हाल वतन नखुलेका बल्खु डेरा गरी बस्ने चितकुमार सुनारको कोठाबाट डाईजेपाम ३१ एम्पुल, फेनारगन ३३ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद रु ६१ हजार ५५० प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार सुनारको खोजी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  
     


    तेस्रो आँखा