• ट्रेण्डिङ्ग :
बाँदर व्यवस्थापन गर्न भेटेनरी डाक्टरलाई तालिम दिन्छौँ : आरजु राणा

बाँदर व्यवस्थापन गर्न भेटेनरी डाक्टरलाई तालिम दिन्छौँ : आरजु राणा


  • 2.8K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.4K Views

    बाँदर व्यवस्थापन गर्न भेटेनरी डाक्टरलाई तालिम दिन्छौँ : आरजु राणा

    काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले नेपालमा बाँदर व्यवस्थापनका लागि भेटेनरी डाक्टरहरूलाई मास्टर तालिम दिइने बताएकी छन् ।

    images

    बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति राणाले भारतीय दूतावासको सहयोगमा बाँदर व्यवस्थापनका लागि १० जना भेटेनरी डाक्टरलाई मास्टर तालिम दिने तयारी रहेको बताएकी हुन् ।

    "किसानहरूको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदूतलाई पत्र लेखेको थिएँ । उहाँले रेसपोन्स गर्नुभएको छ, नेपालका १० जना भेटेनरी डाक्टरहरूलाई मास्टर तालिम र स्काउटहरूलाई तालिमका लागि तयारी गर्छौं," उनले भनिन् ।

    उनले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा पाँच प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताइन् । कृषिमा किसानहरूले खोजेको सेवा सुविधा अनुसारको बजेट आवश्यक रहेको उनको भनाइ छ ।

    "कृषिमा जुन किसिमको सेवा सुविधा नेपाली जनताले खोजेको छ । कृषिमा सेवा सुविधा मात्रै होइन । कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी हो । सरकारले कृषिमा ५ प्रतिशत बजेट हुनुपर्छ भनेर समितिबाट प्रयास गर्छौं । बाँझो जमिनको विषयमा के गर्न सकिन्छ भनेर गाँजामा अनुसन्धान गर्नेहरूले प्रस्ताव गरिरहेका छन् । समितिमा त्यसको लागि समय दिन्छौँ," उनले भनिन् ।


    तेस्रो आँखा