दाङ, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले माओवादी आन्दोलनले थारु समुदायमा माघको खुशीयाली पुनःस्थापित भएको बताएका छन् ।
थारु राष्ट्रिय मुक्तिमोर्चा, तुलसीपुर १५ ले आयोजना गरेको माघी मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले थारु जाति प्रकृतिपुजक रहेको बताउँदै सामन्तीकालमा माघीको खुशी हरण गरिएको उल्लेख गरे । उनले थारु सम्बत् २६४७ को शुभकामना व्यक्त गर्दै आफ्नो संस्कार, संस्कृति र भाषा संरक्षणमा थारु समुदायको जोड हुनुपर्ने औंल्याए ।
कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय लेखा आयोगका सदस्य रामबहादुर दहित, अतिथिहरु प्रदेश समिति सदस्य साउने थारु, नगर सचिव तुलाराम भण्डारी, थारु मुक्तिमोर्चाका तुलसीपुर नगर संयोजक सन्दीप चौधरी, जिल्ला सल्लाहकार सदस्य कमानसिंह बस्नेत, भगवती चौधरी, खिमलाल वली, रुपलाल चौधरी, महतौं विनकलाल चौधरी, भागीदास थारु, छल्लु चौधरी, पहरुवा महतौं लगायत थिए । कार्यक्रमको अध्यक्षता हरिचन्द्र धर्कट्वाले गरेका थिए ।
त्यस अवसरमा विभिन्न प्रगतिशील गीत तथा नृत्यहरु पनि प्रस्तुत गरिएका थिए । त्यस्तै, परम्परागत थारु नाच र गीतहरु पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत एक गीत
पहिले कमैया बैठली पर नैपाइली
कमिया से मुक्ति पाइली माओवादीक कारण
पहिले सिन्ह दरवार काहो पतह नैरह
अखिन गाउँ गाउँम सिंदरबार आइल माओवादी कारण ।
सखिए हो गाउँ गाउँम सिंहदरवार आइल माओवादी कारण ।
बाबाके सगरिया मुरिया लाहान गैनु हा
टिकुली छुटल पानी घाट हा ।
