• ट्रेण्डिङ्ग :
लुम्बिनीमा आफ्नै सवारी साधन प्रयोग गरेर ट्रायल दिन पाइने

लुम्बिनीमा आफ्नै सवारी साधन प्रयोग गरेर ट्रायल दिन पाइने


  • 6.4K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 9.9K Views

    लुम्बिनीमा आफ्नै सवारी साधन प्रयोग गरेर ट्रायल दिन पाइने

    दाङ २६ पुस/ लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा अब सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने भएका छन् । 

    images

    लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखसँग बसेको बैठकमा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।  मन्त्री थापाले सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रको ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन मन्त्रालयका सचिवसहित कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

    उहाँले सेवाग्राहीलाई ट्रायल दिने क्रममा स्वेच्छाले सवारी छान्न दिने मौखिक निर्देशन दिनुभएको हो । सर्वसाधारणलाई अनावश्यक आर्थिक भार पर्ने र काम ढिलो हुने भएकाले सेवाग्राहीको सहजताका लागि यस्तो निर्णय गरिएको जनाइएको छ । 


    तेस्रो आँखा