काठमाडौं, २२ पुस । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएको छ। गएराति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको एमाले रोल्पाले जनाएको छ।
जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयाघातबाट उनको निधन भएको हो । एमाले रोल्पाले रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरेको छ।
रोका रोल्पाको त्रिवेणी गाउँपालिका–२ निवासी हुन् ।
