• ट्रेण्डिङ्ग :
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय शिलबन्दी 

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय शिलबन्दी 


  • 3.7K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय शिलबन्दी 

    वीरगञ्ज २६ पुस/ बचतकर्ताहरूको १ अर्बभन्दा बढी रकम हिनामिना गरी सञ्चालक फरार भएपछि सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आज वीरगञ्ज महानगरपालिकाले शिलबन्दी गरेको छ । 

    images

    वीरगञ्ज महानगरपालिका सहकारी शाखाका प्रमुख सुनिल कुमार कर्णको नेतृत्वमा गएको टोलीले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६ मा रहेको उक्त कार्यालयमा शिलबन्दी गरेको हो । बीरगंज महानगरपालिका वडा न ६ का अध्यक्ष जयप्रकाश शाह, जिल्ला प्रशासन कार्यालयका ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक राम ईश्वर महतोको रोहवरमा सहकारीको कार्यालयमा शिलबन्दी गरिएको प्रमुख कर्णले बताउनुभयो । 

    सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्जले बचतकर्ताको १ अर्बभन्दा बढी रकम फिर्ता नगरी सञ्चालक फरार रहेपछि महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको र कानुन अनुसार आज सहकारीको कार्यालयमा शिलबन्दी गरिएको बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।


    तेस्रो आँखा