• ट्रेण्डिङ्ग :
अमेरिकी डलर देखाएर ठगी गरेको अभियोगमा पक्राउ

अमेरिकी डलर देखाएर ठगी गरेको अभियोगमा पक्राउ


  • 3.0K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    अमेरिकी डलर देखाएर ठगी गरेको अभियोगमा पक्राउ

    काठमाडौँ । अमेरिकी डलर देखाएर रू पाँच लाख ठगी गरेको अभियोगमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले सिन्धुपाल्चोक बाह्रविसेका ४३ वर्षीय कुमार तामाङ भन्ने हस्तबहादुर तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    images

    यही पुस ९ गते कीर्तिपुर नगरपालिका–९ चोभार जलविनायक मन्दिरस्थित ललितपुर गोदावरीका ३६ वर्षीय विजय कुँवरलाई अमेरिकन डलर साट्ने भन्दै ५० अमेरिकन डलर देखाएर रू पाँचलाख ठगी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पक्राउ गरिएका तामाङले कुँवरलाई आफूले आठ हजार अमेरिकी डलर भेटाएको भनी भ्रममा पारेर पाँच लाख लिएर फरार भएका बताए । पक्राउ परेका निजलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए । 


    तेस्रो आँखा