• ट्रेण्डिङ्ग :
सामुदायिक वनमा काँचा सालका रुख कटानी

सामुदायिक वनमा काँचा सालका रुख कटानी


  • 4.9K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.6K Views

    सामुदायिक वनमा काँचा सालका रुख कटानी

    कञ्चनपुर, २७ पुस / कृष्णपुर नगरपालिका–२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ ।
     
    सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो । सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको बताउनुभयो । रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिएको उहाँले बताउनुभयो ।
     
    दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उहाँले राती वन गस्तीका लागि वन हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताउनुभयो । “पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरीया तर्फबाट दुई ट्राक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलिमा काठ छोपेर लगेको देखिन्छ”, उहाँले भन्नुभयो, “त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइएको छ ।”
     
    सालका रुख कटानी भएको देखिएपछि सबडिभिजन वन कार्यालय बाणीमा खबर गरिएको उहाँले बताउनुभयो । उहाँले सामुदायिक वनका पदाधिकारी र उपभोक्ता काठ तस्करीमा कोही पनि संलग्न भएको नदेखिएको बताउनुभयो । अहिले वन क्षेत्रमा नियमित राति र दिउँसो वनका पदाधिकारी, सबडिभिजन कार्यालयका वनरक्षक, उपभोक्तालगायतले संयुक्तरुपमा गस्ती गरिरहेको उहाँले जानकारी दिनुभयो । 

    images

    सबडिभिजन वन कार्यालयका प्रमुख अमर धामीले सामुदायिक वनमा रुख कटानी गरी तस्करी भएको पाइएपछि वनका पदाधिकारीलाई चिठ्ठी लेख्ने कार्य गरिएको बताउनुभयो । “सामुदायिक वनमा काठ कटानी गरिएको जानकारी पाउना साथ डिभिजन वन कार्यालयका प्रमुखसहितले राति नै गस्ती गरेका छौँ”, उहाँले भन्नुभयो, “वन रक्षकलाई नियमित गस्तीका लागि खटाइएको छ ।”
     
    अनुसन्धानमा काठ कटानी गरी तस्करी गर्ने शङ्कास्पद व्यक्ति नजिक पुग्ने बलियो आधार तय भएको उहाँले बताउनुभयो । “जोसुकै भए पनि छाडदैनौँ”, उहाँले भन्नुभयो, “तस्कर छिट्टै पक्राउ पर्छन् ।” सःमिलमा हेर्ने कार्य भइरहेको जनाउँदै उहाँले डिभिजन वन कार्यालय कैलालीसँगसमेत समन्वय गरी अनुसन्धानको कार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।
    (((


    तेस्रो आँखा