• ट्रेण्डिङ्ग :
दाङ एक्सपो–२०८० माघ १२ देखि २६ गतेसम्म हुने

दाङ एक्सपो–२०८० माघ १२ देखि २६ गतेसम्म हुने


  • 3.5K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.4K Views

    दाङ एक्सपो–२०८० माघ १२ देखि २६ गतेसम्म हुने

    घोराही २७ पुस/ चेम्बर अफ कमर्श दाङले घोराहीमा आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० आउँदो माघ १२ गतेदेखि २६ गतेसम्म हुने भएको छ । चेम्वरले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस अगाडीको निर्धारित समय विभिद कारणले सार्नुपरेको जानकारी दिएको छ ।

    images


    यस अगाडी माघ २५ गतेदेखि एक्सपो हुने भनिएको थियो । चेम्बरका अध्यक्ष विकास अग्रवालले पहिलेको मिति भन्दा १३ दिन अगाडी नै एक्सपो लगाउन लागिएको र यसका लागि तयारी व्यापक बनाइएको बताए । चेम्बरका निवर्तमान अध्यक्ष बलदेव योगीले रातदिन नभनेर एक्सपोलाई सफल बनाउन चेम्बर लाग्ने र सबैले साथ सहयोग गर्नेमा आफूहरु विश्वस्त गरेको बताए ।

    पत्रकार सम्मेलनमा स्थानीय उत्पादनदेखि कृषिजन्य सामग्रीहरुको स्टल पनि रहने जानकारी गराइएको थियो । सो अबसरमा एक्सपोमा स्थानीय कलाकारहरुदेखि केन्द्रका कलाकारहरुको पहिलो चरणको नाम पनि सार्वजनिक गरिएको थियो ।


    तेस्रो आँखा