• ट्रेण्डिङ्ग :
फेरिए कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिक

फेरिए कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिक


  • 4.5K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.9K Views

    फेरिए कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिक

    काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति स्थापनाका लागि तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ।

    images

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र संगठन स्थिरीकरण मिशनमा सहभागी नरसिंहदल गण (शान्ति सेना) को २९ औँ डफ्फा बदली गरिएको हो।

    यसका लागि महावीर शौर्य गण (रेञ्जर) शान्ति सेना ३० औँ डफ्फाका १८८ जना नेपाली शान्ति सैनिक प्रमुख सेनानी प्रेमप्रसाद पौडेलको नेतृत्वमा संयुक्त राष्ट्र चार्टर्ड उडानबाट शुक्रवार काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

    उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेको नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फाको १८८ जना नेपाली शान्ति सैनिकको टोली सेनानी कमल थापाको नेतृत्वमा आज (शुक्रवार) स्वदेश फर्किएका छन्। हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार १५२ जना शान्ति सैनिक कार्यरत छन्।


    तेस्रो आँखा