• ट्रेण्डिङ्ग :
सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध

सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध


  • 2.2K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.4K Views

    सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छन् । हालकी वरिष्ठ उपाध्यक्षसमेत रहेकी मल्ल शुक्रबार नै निर्विरोध निर्वाचित भएकी हुन् ।

    images

    निर्वाचन समितिको कार्यालयले शुक्रबार साँझ ६:३० बजेसम्म उमेदवारी दर्ताको समय तोकेकोमा अध्यक्षमा मल्लको मात्र उमेदवारी परेको थियो ।

    सत्ता गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले निर्वाचनमा भाग नलिने घोषणा गरेपछि एमालेका उमेदवार निर्वाचित भएका छन् । 

    वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल र महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध निर्वाचित भएका छन् ।

    उपाध्यक्षमा डीबी बस्नेत, खेमबहादुर पाठक, शेषकान्त गौतमका उमेदवारी परेको छ । उपाध्यक्षमा दुईजना मात्र निर्वाचित हुने व्यवस्था छ । शुक्रबार राति ९ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने छ ।

    कुल ३२ जनाको उमेदवरी परेको थियो । तर, एक जनाले उमेदवारी फिर्ता लिएका छन् ।

    लेखा सुपरीवेक्षण समितिको संयोजकमा भीमप्रसाद तुलाचत, सदस्यमा अम्मर नाथ न्यौपाने र हेमकुमारी अधिकारीले उमेदवारी दर्ता गराएका छन् ।


    तेस्रो आँखा