• ट्रेण्डिङ्ग :
राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्नुपर्छ: कमल थापा

राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्नुपर्छ: कमल थापा


  • 2.6K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.0K Views

    राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्नुपर्छ: कमल थापा

    काठमाण्डौं ।  राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्नुपर्नेमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले जोड दिएका छन् । आज (शुक्रबार) ३०२ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्टीले काठमाण्डौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन ।

    images

    उनले राष्ट्र निर्माता शाहको जन्म जयन्तीलाई राजकीय रूपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग पनि गरेका छन ।

    उनले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन । उनले कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने बताएका छन ।

    अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरु बीचको वृहत् मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सकिने दाबी गरेका छन । उनले भने, ‘जहाँसम्म हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने कुरा छ ।

    यो केवल राप्रपा वा राप्रपा नेपाल मात्रै मिलेर पनि हुँदैन । यो त सबै राष्ट्रवादी, प्रजातान्त्रिक, देशभक्त शक्तिहरूको बिचमा एकता र एउटा वृहत् मोर्चाको आवश्यकता पर्दछ , पृथ्वीनारायण शाहको योगदान कुनै राजनीतिक व्यवस्था वा संस्थासँग मात्रै सम्बन्धित छैन ।

    यो वास्तविकतालाई बुझेर सिंगो राज्यले नै पृथ्वीनारायण शाहको योगदानको संस्मरण गर्नुपर्दछ । राष्ट्र निर्माताको सम्मान गर्दै नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्ने र साथसाथै केवल सार्वजनिक बिदा दिने मात्रै होइन, भव्य रूपमा राष्ट्रिय एकता दिवस सरकारी स्तरबाटै पनि मनाइनुपर्दछ भन्ने मेरो आग्रह छ ।’


    तेस्रो आँखा