• ट्रेण्डिङ्ग :
पहिलाे टी–२० क्रिकेटमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायाे

पहिलाे टी–२० क्रिकेटमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायाे


  • 4.5K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.9K Views

    पहिलाे टी–२० क्रिकेटमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायाे

    काठमाण्डाै । पाकिस्तानसँगकाे ५ खेलकाे टी–२० शृङ्खलामा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज भएकाे पहिलाे खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायाे ।

    images

    न्युजिल्यान्डले दिएकाे २ सय २७ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान १८ ओभरमा १ सय ८० रन बनाउँदा अल आउट भयाे । पाकिस्तानका बाबर आजमले सर्वाधिक ५७ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए ।

    यसअघि अकल्यान्डमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर २ सय २६ रन बनायाे । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६१ र कप्तान केन विलियमसनले ५७ रन बनाए । बलिङतर्फ पाकिस्तानका कप्तान शाहीन अफरिदी र अब्बास अफरिदीले ३ विकेट लिए ।

    याे जितसँगै न्युजिल्यान्डले शृङ्खलामा १–० काे अग्रता बनाएकाे छ । दाेस्राे टी–२० आउँदाे आइतवार हुनेछ ।

     


    तेस्रो आँखा