• ट्रेण्डिङ्ग :
दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो

दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो


  • 6.4K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 9.8K Views

    दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो

    दाङ २८ पुस/दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन ।

    images

    शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । घाइतेलाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाइएको छ । शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
    घाइतेहरुको विवरण 
    १-काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट
    २-काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
    ३-बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
    ४- बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
    ५-रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
    ६-बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
    ७-भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस
    ८-बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
    ९-जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
    १०- बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
    ११-बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
    १२-डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
    १३-बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
    १४- समिर नेपाली, चालक
    १५-काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
    १६-बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
    १७-बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
    १८- बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
    १९- भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको


    तेस्रो आँखा