एएफसी एसियन कप फुटबलमा शनिबार तीन खेल हुँदेछन्। अपराह्न ५ः१५ बजे समूह ‘बी’ मा रहेका अष्ट्रेलिया र भारतबीच खेल हुनेछ।
बेलुकी ८:१५ बजे समूह ‘ए’ चीन र ताजिकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ मा रहेका सिरिया र उज्बेकिस्तान राति ११:१५ बजे भिड्नेछन्।
यसअघि साविक विजेता कतारले शुक्रबारको उद्घाटन खेलमा विजय शुरूवात गरेको थियो। आयोजकसमेत रहेको उसले लेबनानलाई ३–० हराएको हो।
