• ट्रेण्डिङ्ग :
अफ्रिकन कप फुटबल आजदेखि सुरु हुँदै, २४ देश सहभागी

अफ्रिकन कप फुटबल आजदेखि सुरु हुँदै, २४ देश सहभागी


  • 4.9K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.6K Views

    अफ्रिकन कप फुटबल आजदेखि सुरु हुँदै, २४ देश सहभागी

    काठमाडौँ । ३४औँ अफ्रिकन कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । आइभरी कोष्टले आयोजना गर्ने प्रतियोगितामा अफ्रिकाका २४ देशले भाग लिदैछन् ।

    images

    आज हुने उद्घाटन खेलमा आयोजक आइभरी कोष्ट र गिनी–बिसाउ खेल्ने तालिका रहेको छ । खेल नेपाली समयअनुसार राति १ः४५ सुरु हुनेछ ।

    प्रतियोगिताको समुह ‘ए’ मा आइभरी कोष्ट, नाइजेरिया, इक्वेटोरियल गिनी र गिनी–बिसाउ रहेका छन् । यस्तै, समुह ‘बी’ मा इजिप्ट, घाना, केप भर्डे र मोजाम्बिक रहेका छन् ।

    त्यस्तै समुह ‘सी’ मा सेनेगल, क्यामरुन, गिनी र गाम्बिया रहेका छन् भने समुह ‘डी’ मा अल्जेरिया, बुर्किना फासो, मौरिटानिया, एंगोला रहेका छन् ।

    त्यसैगरी समुह ‘ई’ मा ट्युनिसिया, माली, दक्षिण अफ्रिका र नामिबिया छन् भने समुह ‘एफ’मा मोरक्को, डिआर कंगो, जाम्बिया र तान्जानिया रहेका छन् ।

     प्रतियोगितामा ६ समुहका विजेता र उपविजेता अन्तिम १६ मा पुग्ने छन् । तेस्रो स्थानमा रहेका शीर्ष चार देशले अन्तिम १६ मा स्थान बनाउने छन् ।

    अफ्रिकन कपको उपाधि सबैभन्दा बढी इजिप्टले ७ पटक जितेको छ भने क्यामरुनले ५, घानाले ४, नाइजेरियाले ३, आइभरी कोष्ट, अल्जेरिया र डिआर कंगोले २–२ पटक जितेका छन् ।

    प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुनेछ ।


    तेस्रो आँखा