• ट्रेण्डिङ्ग :
नेता नेपालीको भोकहडताल तोड्न कांग्रेस उपसभापति महोत्तरी आउँदै

नेता नेपालीको भोकहडताल तोड्न कांग्रेस उपसभापति महोत्तरी आउँदै


  • 4.6K
    SHARES
    • पौष २२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    नेता नेपालीको भोकहडताल तोड्न कांग्रेस उपसभापति महोत्तरी आउँदै

    महोत्तरी, २२ पुस । नेपाली कांग्रेस महोत्तरीका अनसनरत नेता बजरङ्ग नेपालीले केहीबेरमा अनसन तोड्ने भएका छन् ।

    images

    कांग्रेसका उपसभापति धनराज गुरुङको उपस्थितिमा दुई दिनदेखि भोक हडतालमा रहेका नेपालीले अनसन तोड्ने महोत्तरी कांग्रेसले जनाएको छ ।

    अनसनरत नेपाली तथा नेपाली कांग्रेसको जुन माग थियो त्यो केन्द्रबाट सम्बोधन भएका भोक हडताल तोड्न लागेकाे नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए ।

    IMG-20220105-WA0005.jpg

    नेता नेपालीले विवादित क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गराउनुपर्ने माग राख्दै दुई दिनदेखि भोक हडताल सुरु गरेका थिए ।

    नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव समेत रहेका नेपालीको भोकहडताललाई केन्द्रले ध्यानाकर्षण जनाउँदै दुई माघमा क्षेत्र नम्बर ३ को अधिवेशन निर्धारण गरेको छ ।

    अहिले केहीबेरमा नै कांग्रेस उपसभापति धनराज गुरुङ पार्टी कार्यालयमा आएर नेता नेपालीको अनसन तोड्ने  नेपाली कांग्रेस महोत्तरीले जानकारी दिएको छ ।


    तेस्रो आँखा