दाङ २८ पुस / गएराती दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ स्थित राप्ती नदी भएको बस दुर्घटनामा परि मृत्यु भएका मध्ये थप दुई जनाको सनाखत भएको छ । सनाखत हुनेमा चितवनको भरतपुर नगरपालिका वडा नं. २५ निवासी ३५ वर्षीय अनिल खड्का रहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्वल सिंहले जानकारी दिए ।
खड्काको शव उनको जेठान गोवर्धन रावलले सनाखत गरेका थिए । त्यसैगरी अर्का बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ का सञ्जय केसी रहेका छन् । सन्जयका बुवा पदम केसीले छोराको सनाखत गरेका थिए । दुर्घटनामा परि मृत्यु भएका १२ जना मध्ये ८ जनाको यसअघी नै सनाखत भई सकेको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी छ । यसअघी सनाखत हुनेमा बाँकेका ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ पर्षीय ताराकान्त पाण्डे, भारत उत्तरा प्रदेशका ३१ वर्षीया मुने, जुम्लाका ४० वर्षीय मुन बहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामको सनाखत भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक सिंहले जानकारी दिए । बसमा चालकसहित ३६ जना सवार थिए ।
दुर्घटनामा परि २३ जना यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाण्डौ तर्फ जाँदै गरेको नमस्ते नेपाल यातायात प्रा।लि। नेपालगञ्जको भे १ ख ३९१२ नं को बस गएराती साढे १० बजेको समयमा राप्ती पुलबाट नदिमा खसेको थियो । गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको चालक जिल्ला सल्यान त्रिवेणी गाउँपालिका वडा नं.४ का २८ वर्षीय लालबहादुर नेपाली प्रहरी समक्ष वयान दिएका छन् ।
दाङको राप्ती पोलि क्लिनिकमा उपचाररत घाइते
१-हुम्ला जिल्ला हिमा गाउँपालिका वडा नं. ४ का २० वर्षीय बालकृष्ण शाही, हाट र खुट्टामा चोट, अवस्था मध्यम ।
२-कोहलपुर निवासी २१ वर्षीय धन बहादुर पुन मगर,कम्मर र खुट्टामा चोट, अवस्था सामान्य ।
चौराहा हस्पिटल बुटवलमा उपचाररत घाइतेहरु
-काठमाडौं चावहिलका ४४ वर्षीय सुवास शाक्य,टाउँको, छाती र हातमा चोट अवस्था मध्ययम ।
-जुम्लाका १९ वर्षीय विशाल बोहरा, मुख र बाँया खुट्टामा चोट अवस्था मध्यम ।
-कोठमाडौंकी ११ वर्षीया आध्या पाण्डे, बाँया हात, खुट्टा र अनुहारमा चोट अवस्था मध्यम ।
-काठमाडौंकी ५० वर्षीया मन्जु शर्मा, टाउँकोमा चोट अवस्था गम्भीर ।
-काठमाडौं लल्लुचौताकी २४ वर्षीय सन्जु बढुवाल, ढाड र छातीमा चोट अवस्था मध्ययम ।
-काठमाडौं कै ४६ वर्षीया राधा पाण्डे, टाउँकोमा चोट अवस्था गम्भीर, आइसियुमा राखेर उपचार हुँदै ।
-डोल्पा जिल्लाकी ३६ वर्षीयाधनकली बुढा, ढाडमा चोट अवस्था मध्ययम ।
-ठेगाना नखुलेको ३५ वर्षीय मन बहादुर रोका, टाउँकोमा चोट अवस्था गम्भीर ।
सिटी अस्पताल बुटवलमा उपचाररत घाइतेको विवरण
-रौतहट चन्द्रनिगाहा १ का २९ वर्षीय सन्जय कार्की, आँखा र निधारमा चोट, अवस्था मध्ययम ।
मेडिकल कलेज कोहलपुरमा उपचाररत घाइतेहरु
-सह-चालक बाँके राप्ती सोनारीका ३१ वर्षीय कुल बहादुर गोसाई, कम्मर र हातमा ोट अवस्था मध्ययम ।
-नेपालगञ्ज १९ की ३५ वर्षीया लिला वली, छाती, दुबै हात र ढाडमा चोट अवस्था मध्ययम ।
-बाँके बैजापुरका सहचालक २१ वर्षीय शंकर थारु, दाहिने हातमा चोट अवस्था मध्ययम ।
-भारत बहराइज मटेरा बस्ने २० वर्षीया छोटी सिलौटा पत्थरकट, घाटीमा चोट अवस्था मध्ययम ।
-कालिकोट माहाबैका ४५ वर्षीय तिलक प्रसाद उपाध्याय, दुबै खुट्टा, बाँया हात र दाहिने आँखामा चोट , अवस्था गम्भीर ।
-नेपालगञ्ज १२ का २४ वर्षीय आशुतोस गौतम, दाहिने हातमा चोट अवस्था मध्ययम ।
-बाँके डुडुवा का २५ वर्षीय मोहमद जावेद, दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
-बर्दिया बासगढीका राजिव थारु, दाहिने हात र ढाडमा चोट अवस्था सामान्य ।
-बाँके राप्तीसोनारीका १९ वर्षीय नफिस वेहना । दाहिने हात र अनुहारमा चोट अवस्था सामान्य ।
-राप्ती सोनारीकै २१ वर्षीय निरन्जन कोरी । दाहिने हात र खुट्टामा चोट अवस्था सामान्य ।
-खजुरा गाउँपालिका ८ का २० वर्षीय अर्वाज नाउ । दाहिने खुट्टा र ढाडमा चोट अवस्था सामान्य ।
-राप्ती सोनारी ४ का १८ वर्षीय दशरथ विक । दाहिने हात र अनुहारमा चोट अवस्था सामान्य ।
