• ट्रेण्डिङ्ग :
दाङ दुर्घटना : सभापति देउवाद्वारा दुःख व्यक्त

दाङ दुर्घटना : सभापति देउवाद्वारा दुःख व्यक्त


  • 4.7K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.3K Views

    दाङ दुर्घटना : सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ, २८ पुस / नेपाली कांग्रेसले दाङको भालुवाङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

    images

    कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नंको बस गएराति दाङको देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु र २२ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

    सभापति देउवाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

    कांग्रेसले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।


    तेस्रो आँखा