• ट्रेण्डिङ्ग :
शैक्षिक गुणस्तर सुधारको लागि प्रतिबद्धता कार्यशाला

शैक्षिक गुणस्तर सुधारको लागि प्रतिबद्धता कार्यशाला


  • 12.4K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 19.1K Views

    शैक्षिक गुणस्तर सुधारको लागि प्रतिबद्धता कार्यशाला

    आलोक भावुक 

    images

    गढवा, २८ पुस । शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एकदिने कार्यशाला शुक्रबार गढवाको बालाखुट्टीमा सम्पन्न भएको छ । गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।

    कार्यशालामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि शिक्षकले मात्र केही गर्न नसकिने बताए । एक पक्षले मात्र शिक्षामा गुणस्तर ल्याउन नसक्ने बताउँदै उच्च शिक्षाको लागि विद्यार्थीहरुको संख्या दिनानुदिन घट्नु चिन्ताको बिषय भएको बताए । 

    शिक्षामा सुधार गर्नका लागि ससाना कुरामा पनि ख्याल गर्नुपर्ने उनले बताए । समस्या पहिचान गर्नुभन्दा अरुलाई दोष देखाएर आफू बच्ने काम नरोकिएसम्म शिक्षामा सुधार सम्भव नहुने बताए । शिक्षा क्षेत्र बिग्रिने प्रमुख कारण समस्याको पहिचान गर्न नसक्नु भएको बताउदै समस्या पहिचान गरी एक एक गर्दै सुधार गरे शिक्षाको गुणस्तरमा सुधार हुने उनले बताए । 

    विशिष्ट अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, शिक्षक अभिभावक संघका अध्यक्षसहितको प्रयासबिना शिक्षामा सुधार नहुने भएकाले गढवा गाउँपालिकाले सबैलाई समेट्ने गरी विभिन्न कार्यक्रमहरु गरिरहेको बताइन् । शिक्षामा सुधारका लागि हर सम्भव प्रयास पालिकाले गरिरहेको बताउँदै सामुदायिक विद्यालय छोड्ने र निजी विद्यालयहरुमा विद्यार्थी बढ्ने कारण पत्ता लगाई गढवा गाउँपालिकाले जीवन मूल्य शिक्षा कार्यक्रम सञ्चालन गरेको बताइन् । 

    कार्यशालामा ५ नम्बर वडाध्यक्ष लेखराज थापा, प्रमुख प्रशिक्षक तथा चेतना फाउण्डेशन नेपालका अध्यक्ष कमल सिलवाललगायतले बोलेका थिए । कार्यशालामा सरस्वती आधारभूत विद्यालय चन्दनपुर, महेन्द्र आधारभूत विद्यालय कोइलावास र बाल कल्याण आधारभूत विद्यालय बालाखुट्टीका शिक्षक, प्रधानाध्यापक, विध्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, पालिका शिक्षा समिति पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम बाल कल्याण आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षतामा भएको थियो ।

  • सम्बन्धित विषय:

  • # शैक्षिक गुणस्तर सुधार

  • तेस्रो आँखा