काठमाडौं, २२ पुस । नेपाल र भारतबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ ।
नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन वार्तामा त्यस्ताे सहमति भएको हाे ।
खड्का र जयशंकरबीच बिहीबार कुराकानी भएको हो ।
भारतीय विदेश मन्त्री जयशंकरले टेलिफोन सम्पर्कमा विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्यका विषयमा कुराकानी भएको ट्वीटमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन भारत जाने भनेको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको दिन विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्री खड्कासँग कुरा गरेका हुन् ।
