• ट्रेण्डिङ्ग :
इटालियन सिरी ए
मोन्जासँग इन्टर मिलानको फराकिलो जित

मोन्जासँग इन्टर मिलानको फराकिलो जित


  • 2.4K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.7K Views

    मोन्जासँग इन्टर मिलानको फराकिलो जित

    काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा मोन्जालाई ५–१ गोलले हराउँदै मिलानले सानदार जित निकालेको हो ।

    images

    इन्टरका लागि हाकान काल्हानोग्लु र लाउटारो मार्टिनेजले दुई–दुई तथा मार्कस थुरामले एक गोल गरेका थिए । मोन्जाका मटेओ पेसिनाले एक गोल फर्काएका थिए 

    इनटरका हाकानले खेलको १२औँ र ६०औँ मिनेटमा गोल गरेका थिए भने लाउटारोले १४औँ र ८४औँ मिनेटमा गोल हानेका थिए ।

    यस्तै मार्कसले ८८औँ मिनेटमा इन्टरका लागि अर्को गोल थपेका थिए । उता, मोन्जाका पेसिनाले खेलको ६९औँ मिनेटमा एक गोल फर्काएका थिए । 

    यो जितसँगै इन्टर मिलान २० खेलबाट ५१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित भएको मोन्जा २५ अंकका साथ ११औँ स्थानमा छ ।


    तेस्रो आँखा