• ट्रेण्डिङ्ग :
पूर्व वडाध्यक्ष निमप्रसाद थारुको हृदयाघातबाट निधन

पूर्व वडाध्यक्ष निमप्रसाद थारुको हृदयाघातबाट निधन


  • 4.7K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 7.3K Views

    पूर्व वडाध्यक्ष निमप्रसाद थारुको हृदयाघातबाट निधन

    बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष निमप्रसाद थारुको निधन भएको छ।

    images

    २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी पार्टीबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा निर्वाचित थारुको ४९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    थारुलाई यसअघि पनि हृदयाघात भएपछि मुटुको भल्भको शल्यक्रिया भएको थियो। उनलाई शनिवार राति हृदयाघात भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको माओवादी केन्द्र ठाकुरबाबा नगर अध्यक्ष नेत्रराज आचार्यले जानकारी दिए। 


    तेस्रो आँखा