• ट्रेण्डिङ्ग :
चालू वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ३.२ प्रतिशतले बढ्ने सरकारको प्रक्षेपण

चालू वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ३.२ प्रतिशतले बढ्ने सरकारको प्रक्षेपण


  • 3.3K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    चालू वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ३.२ प्रतिशतले बढ्ने सरकारको प्रक्षेपण

    काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासको कूल गार्हस्थ्य उत्पादनको प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्र ३.२ प्रतिशतले बढ्ने आकलन गरेको हो ।

    images

    त्रैमास सकिएको ९० दिन अर्थात तीन महिनाभित्र कूल गार्हस्थ्य उत्पादनसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुरूप पहिलो त्रैमास (साउन–असोज)को प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण तथ्याङ्क कार्यालयले गरेको हो ।

    प्रतिवेदनअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा भने अर्थतन्त्र सङ्कुचनमा आउने छ । गत आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १.४ प्रतिशतले खुम्चिने छ ।


    तेस्रो आँखा