• ट्रेण्डिङ्ग :
आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि तोकिएको पेसी स्थगित

आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि तोकिएको पेसी स्थगित


  • 2.7K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.2K Views

    आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि तोकिएको पेसी स्थगित

    काठमाडौं २९ पुस/ कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज तोकिएको पेसी स्थगित भएको छ । जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीश बिदामा भएकाले आलमविरुद्ध मुद्दाको आजका लागि तोकिएको पेसी स्थगित भएको हो ।

    images

    जिल्ला अदालतका सात न्यायाधीमध्ये आइतबार दुईजना मात्र अदालतमा उपस्थित छन् । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर धेरैजसो न्यायाधीशहरु बिदामा भएकाले पेसीमा चढेन ।

    गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

    २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ ।

     


    तेस्रो आँखा