सल्यान २९ पुस/ सल्यानमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । शारदा नगरपालिका-६ सापमाराकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नविन कार्कीका अनुसार आफन्त पर्ने किशोरले बालिकालाई ललाई फकाई गरेर आफ्नै घरमा लगी गत पुस ७ गते बलात्कार गरेको खुलेको छ । आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको हो । पक्राउमा परेका किशोरलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
आइतबार नै जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । पछिल्नो समयमा सल्यानमा आफन्तबाटै बलत्कार हुनेको संख्या बढ्दै गएको र चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमै १४ जना बलात्कृत र दुई जना माथि बलात्कारको प्रयास भएको डिएसपी कार्कीले बताए ।
