• ट्रेण्डिङ्ग :
आजको मौसम
तराईमा हुस्सु, पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

तराईमा हुस्सु, पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना


  • 3.0K
    SHARES
    • माघ १, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    तराईमा हुस्सु, पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव परेको छ । वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


    तेस्रो आँखा