• ट्रेण्डिङ्ग :
प्यालेस्टाइनविरुद्ध इरानको शानदार जित

प्यालेस्टाइनविरुद्ध इरानको शानदार जित


  • 2.8K
    SHARES
    • माघ १, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    प्यालेस्टाइनविरुद्ध इरानको शानदार जित

    काठमाडौँ । एएफसी एसियन कप फुटबलमा इरानले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा इरानले प्यालेस्टाइनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । कतारमा जारी प्रतियोगितामा इरानका करिम अन्सारीफर्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

    images

    १२ औँ मिनेटमा शोजा खलीलजादेहले गोल गरेपछि इरानले अग्रता दोब्बर बनाएको थियो । मेहदी अब्दोलहामिद घयेडीले ३८ औँ मिनेटमा गोल गरेपछि इरान एकतर्फीरुपमा अगाडि बढको थियो । पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा प्यालेस्टाइनका तमर मोहम्मद सेयमले गोल गरेपछि अन्तर ३–१ मा आएको थियो ।

    सरदार अजमौनले ५५ औँ मिनेटमा गोल गरेपछि इरान ४– १को फराकिलो जित निकाल्न सफल भयो । समूह सीकै अर्को खेलमा युएईले हङकङमाथि ३–१ को जित निकालेको छ ।

    युएईले जित निकाल्दा २ गोल पेनाल्टीबाट भएको थियो । भने हङकङले अन्त्यतिर गरेको गोल भारले मान्यता नदिँदा खेल रोमाञ्चक बनेको थियो । यो समूहमा इरान र युएईले स्पष्ट ३ अङ्क जोड्दै शीर्ष २ स्थानमा रहेका छन् । हङकङ र प्यालेस्टाइनले अङ्क जोड्न सकेका छैनन् ।

    यस्तै समूह डीमा रहेको जापानले भियतनामलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार नेपाली समय अनुसार राति सवा ८ बजे समूह डीका इन्डोनेशिया र इराक भिड्ने छन् । यसैगरी समूह ईका कोरिया र बहराइनले सवा ५ बजे खेल्दा राति सवा ९ बजे मलेसिया र जोर्डन आमने सामने हुने छन् । 


    तेस्रो आँखा