• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कप क्रिकेट
आर्मीले मधेश प्रदेशलाई १२६ रनले हरायो

आर्मीले मधेश प्रदेशलाई १२६ रनले हरायो


  • 2.6K
    SHARES
    • माघ १, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.0K Views

    आर्मीले मधेश प्रदेशलाई १२६ रनले हरायो

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनको भारी अन्तरले पराजित गरेको छ।

    images

    जितका लागि ३२१ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश ४८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटियो।

    मधेशका लागि पवन सराफले ८३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रन बनाए। मयन यादवले ३२ बलमा ६ चौकासहित ३२ बनाए। राजेश यादव ४८ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहँदा रुपेश सिंहले १८ रन, विशाल पटेलले १७ रन र हरिशङ्कर शाहले ४ रन बनाए।

    आर्मीका लागि साहब आलमले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा जितेन्द्र मुखिया र कुशल मल्लले १/१ विकेट लिए।

    त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३२० रन बनायो। 

    आर्मीका लागि विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्कासहित ११३ रनको शतकीय पारी खेले। सन्तोष कार्कीले ४२ रन, कुशल मल्ल र विवेक यादवले ३७/३७ रन, इमरान शेखले २६ रन, भीम सार्कीले १८ रन र बसिर अहमदले १६ रन बनाए।

    आर्मीका लागि पाँचौँ विकेटका लागि विनोद र कुशललले १३२ र पहिलो विकेटका लागि सन्तोष र इमरानले ५३ रनको साझेदारी गरेका थिए।

    मधेशका लागि रन्जित कुमारले ५ विकेट लिए भने विशाल पटेलले २ तथा राजेश यादव र रुपेश सिंहले १/१ विकेट लिए।


    तेस्रो आँखा