• ट्रेण्डिङ्ग :
पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना

पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना


  • 4.2K
    SHARES
    • माघ ३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.4K Views

    पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना

    काठमाडौं ।। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशको पहाडी भूभागमा आंशिक परिवर्तन भएको छ । साथै तराई क्षेत्र पनि प्रभावित भएको छ ।

    images

    आज दिउँसो कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    तेस्रो आँखा