• ट्रेण्डिङ्ग :
घोराही बनाऔं अभियानद्वारा मैत्रीपूर्ण महिला खेलकुद र खेल मैदानको सफाई

घोराही बनाऔं अभियानद्वारा मैत्रीपूर्ण महिला खेलकुद र खेल मैदानको सफाई


  • 7.8K
    SHARES
    • माघ ३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 12.0K Views

    घोराही बनाऔं अभियानद्वारा मैत्रीपूर्ण महिला खेलकुद र खेल मैदानको सफाई

    दाङ, ३ माघ । घोराही बनाऔं अभियानले बुघबार घोराहीको नवलपुर खेलमैदानमा महिलाहरुका लागि मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।

    images

    राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, पेशाकर्मीहरुको बाक्लो उपस्थिति रहेको प्रतियोगिता दिनभर सञ्चालन भएको थियो । घोराही बनाऔं अभियान लेखिएको जर्सी लगाएर मैदानमा उत्रिएका खेलाडीहरु फुटबल, तातो आलु, घैटा फोर र डोरी तान्ने प्रतियोगितामा सहभागी भएका थिए । सबैजसो राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, अग्रज सञ्चारकर्मी, पेशाकर्मीहरुबीच रोचक प्रतियोगिताहरु भएको थियो । 

    घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा राजनीतिक दल, जनप्रतिनिधिहरुको एउटा टिम र सञ्चारकर्मी, अधिकार र पेशाकर्मीहरुको अर्को टिम फुटबल प्रतियोगितामा भिडेको थियो । जसमा राजनीतिक दलको टिमले शून्यका विरुद्ध एक गोल गरेर बिजयी भएको थियो । प्रतियोगितामा दुबै टिमले एकएक पेनाल्टी पाएको भएपनि सदुपयोग गर्न सकेका थिएनन् । 

    Footbal2.jpg

    प्रतियोगितामा नेकपा एमालेका केन्द्रीय सदस्य साजिदा सिद्धिकी, नेपाली कांग्रेसकी नेतृ सावित्रा राना, राप्रपाकी नेतृ सरिता देवकोटा, महिला नेतृ रेवन्ता पुन, जनप्रतिनिधिहरु पवित्रा शेर्पाइली, रचना कुमाल, नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना पोख्रेल, अधिकारकर्मी सरस्वती सुवेदी, लक्ष्मी घमाल, पशुपति चौधरी, शिक्षिका गोमा श्रेष्ठ, गीता आचार्य, भीमा डिसीलगायतको सहभागिता रहेको थियो । फुटवल प्रतियोगितामा रेवन्ता पुनले गोल गरेकी थिइन् ।

    यसैगरी तातो आलुमा लक्ष्मी चौधरी प्रथम, बसुन्धरा गौतम दोस्रो र पशुपति चौधरी तेस्रो भएका थिए । घैंटा फोरतर्फ कृष्णा थापा प्रथम, पवित्रा नेपाली दोस्रो र सरस्वती सुवेदी तेस्रो भएका थिए । घैटा फोर र तातो आलुमा तीनदर्जन महिलाहरुको सहभागिता रहेको थियो । 

    डोरी तान्ने प्रतियोगितामा दुबै टिम बराबर भएको थियो । डोरी तान्ने क्रममा दुईपटकसम्म डोरी चुँडिएपछि प्रतियोगिता बराबर भएको घोषणा आयोजकले गरेको थियो । प्रतियोगिताको उदघाटन रानीकेक काटेर घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन र ससाना बालिकाहरुले गरेका थिए । प्रतियोगितामा विभिन्न संस्था र व्यक्तिहरुले सहयोग गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # घोराही बनाऔं अभियान

  • तेस्रो आँखा