• ट्रेण्डिङ्ग :
११ औँ किन्डर ओलम्पिकमा १७ सय सहभागी

११ औँ किन्डर ओलम्पिकमा १७ सय सहभागी


  • 2.8K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    ११ औँ किन्डर ओलम्पिकमा १७ सय सहभागी

    काठमाडौँ । ११ औँ किन्डर ओलम्पिक २०८० आगामी माघ ६ देखि १३ गते दशरथ रंगशालामा हुने भएको छ । अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना यो प्रतियोगिता हुँदै आएको छ । 

    images

    यसपाली काठमाडौँ उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एकताका अध्यक्ष बिना शर्माले जानकारी दिइन् । दशरथ रंगशालामा हुने कार्यक्रममा तीनदेखि ६ वर्ष उमेर भित्रका १७ सय विद्यार्थीले विभिन्न खेलकुद विधामा भाग लिनेछन् ।

    प्रतियोगिताका संयोजक केदारमान स्थापितले प्रतियोगितामा एथलेटिक्स, जुडो, कराँते, उसु र तेक्वान्दो खेल समावेश गरिएको छ । सानै उमेरबाट नै विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा संलग्न गराउने उक्त प्रतियोगताको नारा ‘जितभन्दा सहभागिता महत्त्वपूर्ण’ रहेको छ । 

    एकताका अध्यक्ष विना शर्माले किन्डर ओलम्पिकमा सहभागिता ठूलो हो रहेको उल्लेख गर्दै बालबालिकाहरुलाई रंगशालासम्म डोर्याउनु मुख्य उद्देश्य रहेका बताइन् ।

    सबै सहभागीलाई पदक दिने भएकाले जितभन्दा सहभागिता मुख्य हो भन्ने सबैले महसुस गर्ने आयोजकको विश्वास छ । सहभागी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र वितरण गरिने बताइएको छ । 


    तेस्रो आँखा