• ट्रेण्डिङ्ग :
साफ महिला यू-१९ : २३ सदस्यीय नेपाली टोलीको घोषणा

साफ महिला यू-१९ : २३ सदस्यीय नेपाली टोलीको घोषणा


  • 2.7K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    साफ महिला यू-१९ : २३ सदस्यीय नेपाली टोलीको घोषणा

    काठमाडौँ । एशियाली फुटबल महासंघ (साफ) महिला यू-१९ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा गरेको छ। एन्फाले आज (बिहीवार) २३ सदस्यीय टोलीको घोषणा गरेको हो।

    images

    प्रतियोगिता यही माघ १९ गतेदेखि माघ २५ गते (फेब्रुअरी २ देखि ८) सम्म बंगलादेशको ढाकामा हुँदै छ। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान सहभागी रहेका छन्।

    नेपालले माघ १९ गते (फेब्रुअरी २) मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ। यसैगरी नेपालले माघ २१ गते (फेब्रुअरी ४) मा भुटान र माघ २३ गते (फेब्रुअरी ६) मा भारतसँग खेल्नेछ।

    नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल साहुखल, सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्यामसुन्दर सिंह तथा गोलकिपिङ प्रशिक्षकमा शैलेश कर्माचार्य रहेका छन्। यसैगरी व्यवस्थापकको जिम्मेवारी इन्दु दुवाललाई दिइएको छ।

    नेपाली टोली 

    गोलकिपरः सुजता तामाङ, करुण बुढाथोकी, लिला जोशी

    रक्षकः दिव्या यसमाली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिताकुमारी नाथ, गंगा रोकाया, सिम्रन राई, माया मास्के

    मिडफिल्डरः ब्रिसना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ

    फरवार्डः सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङ्तान


    तेस्रो आँखा