• ट्रेण्डिङ्ग :
बृहत बाम ध्रुबिकरणसहितको राष्ट्रिय एकता आबश्यक छ : अपार

बृहत बाम ध्रुबिकरणसहितको राष्ट्रिय एकता आबश्यक छ : अपार


  • 17.4K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 26.8K Views

    बृहत बाम ध्रुबिकरणसहितको राष्ट्रिय एकता आबश्यक छ : अपार

    तुलसीपुर, ४ माघ / नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले बृहत बाम ध्रबिकरणसहितको राष्ट्रिय एकता आबश्यक रहेको बताएका छन् । पार्टीको विधान सम्मेलनलाई लक्षित गरि अपारले सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्दै नेपालमा समाजवाद निर्माण गर्न बृहत वाम ध्रकिकरणसहितको राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने बताएका छन् ।

    images

    उनले सामाजिक सञ्जालमा लेख्दै  विशेष महाधिवेशनद्धारा बर्गीय प्रतिवद्धता र दलिय प्रतिस्पर्धामा श्रेष्ठताको बाटोबाट नेपाली बिशेषतासहितको समाजवाद निर्माणका आधार निर्माण गर्ने कार्यदिशाको विकास गर्न आबश्यक रहेको बताएका छन् । पार्टी इतिहासमै पहिलोपटक विधान सम्मेलन हुन लागेको भन्दै कमिटि प्रणालीमा सञ्चालन हुने विधान एबं विधि निर्माण गरेर लागू गर्नैपर्ने समेत बताए ।

    राष्ट्रियसभा सदस्य समेत रहेका अपारले  राजनीतिक दाउपेचका रुपमा नभई  राष्ट्रको बृहत्तर हितका लागि सहमतिय वा बहुमतिय ढंगले शान्तिप्रकृयाको टुंगो लगाउनु पर्ने समेत बताए । संघीयता कार्यन्वयन र समृद्धिसंगै जोडिएका आधारभुत कानुनहरु निर्माण गर्ने, सुशासनलाई नयाँ उचाइमा उठाउँदै ०८०/०८१ को लागि युगान्तकारी बजेट निर्माण र कार्यन्वयनको सुनिश्चितता समेत गर्नुपर्ने बताए ।


    तेस्रो आँखा