• ट्रेण्डिङ्ग :
एनसेल शेयर खरिद–बिक्री : छानबिन समितिले प्रतिवेदन माघ १५ गते बुझाउने

एनसेल शेयर खरिद–बिक्री : छानबिन समितिले प्रतिवेदन माघ १५ गते बुझाउने


  • 3.3K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.1K Views

    एनसेल शेयर खरिद–बिक्री : छानबिन समितिले प्रतिवेदन माघ १५ गते बुझाउने

    काठमाडौँ । टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाउने भएको छ।

    images

    गत मंसिर २१ गतेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो।

    बिहीवार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा‚ स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो जानकारी दिएकी हुन्।

    उनले एनसेल शेयर खरिदको विषयमा सरकारले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाउन एक महिनाको समय दिएको भए पनि समितिले प्रतिवेदन बनाउन समय माग गरेकाले माघ १५ सम्म समय थपिएको बताइन्। सरकारले दिएको समय अवधि माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी उनले दिइन्।

    मन्त्री शर्माले शेयर खरिद बिक्रीसम्बन्धमा समिति अध्ययन तथा छानबिनको क्रममा रहेको बताइन्। उनले समितिलाई सरकारले नेपाल र नेपालीको हितमा हुने गरेर छानबिन अगाडि बढाउन भनेकाले खरिद सम्झौतामा उठेका सबै विषयको बारेमा जवाफ आउने गरी प्रतिवेदन आउने विश्वास रहेको बताइन्।

    मन्त्री शर्माले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) प्रणाली कार्यान्वयनको चरणमा रहेको पनि बताइन्। उनले कार्यान्वयनको चरणमा भए पनि व्यावहारिक रुपमा कार्यान्वयन नभएको स्वीकार गरिन्।

    उनले एमडिएमएस प्रणाली देशको लागि आवश्यक भएको सरकारको धारणा रहेको बताइन्। उनले सरकार प्रभावकारी कार्यान्वयन गर्न लागि परेको बताइन्।

    ‘एनसेल प्रकरणमा चुडामणि शर्माको नेतृत्वको समितिले अध्ययन र छानबिन गरिरहेको छ। समितिलाई दिएको एक महिनाको अवधिमा प्रतिवेदनको पूर्णरुप तयार नभएकाले माघ १५ गतेसम्म समय थपिएको छ। माघ १५ गतेभित्रै प्रतिवेदन बुझाउने गरी समिति जुटेको छ‚’ उनले भनिन्, ‘खरिद सम्झौतामा भएका दुवै पक्षका कागजहरु, पारदर्शिताका प्रश्नको समेत जवाफ दिने गरेर प्रतिवेदन बुझाउन सरकारले समिति गठन गरेको हो। मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) प्रणाली कार्यान्वयनको चरणमा छ तर जुन व्यावहारिक रुपमा कार्यान्वयन हुनुपर्ने हो त्यो भइरहेको छैन।’

    उनले अर्बौं अनियमितताको आशंका गरिएको टेरामक्स खरिद प्रक्रिया कार्यान्वयनमा मन्त्रालयले रोक लगाएको र एमडिएमएसबारे छानबिन भइरहेको बताइन्।

    उनले टेरामक्स प्रविधि जडानको खरिद प्रक्रियामा प्रश्न उठेर संवैधानिक निकायबाट समेत छानबिन भइरहेकाले कार्यान्वयन रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको उल्लेख गरिन्।


    तेस्रो आँखा