• ट्रेण्डिङ्ग :
कालीमाटीमा जग्गाको नाप नक्सा सुरु

कालीमाटीमा जग्गाको नाप नक्सा सुरु


  • 4.8K
    SHARES
    • माघ ५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.4K Views

    कालीमाटीमा जग्गाको नाप नक्सा सुरु

    सल्यान ५ माघ/ भूमिहीन दलित सुकुम्बासी, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पूर्जा वितरण गर्न कालिमाटी गाउँपालिकामा जग्गा नापजाँच सुरु भएको छ ।

    images


    गाउँपालिकाले बुधबारदेखि वडा नम्बर २ को चिसातराबाट जग्गा नापजाँच कार्यको सुरुवात गरेको हो । स्थानीय सेवा केन्द्र रामपुरको आयोजनामा भएको भेलामा कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जग्गाको नाप नक्साको सुरुवात गरेका हुन ।

    राष्ट्रिय भूमी आयोग सल्यानका अध्यक्ष वीरबहादुर सेजवाल, नापी कार्यालय सल्यानका प्रमुख गोविन्द उपाध्याय लगायत स्थानिय जनप्रतिनिधिको उपस्थितिमा जग्गाको नाप नक्सा कार्य सुरु भएको हो ।

    गाउँपालिका भर दुई हजार सात सय १७ जना भूमिहीन तथा अव्यवस्थित बसोबासीले निवेदन दर्ता गरेका छन् । पहिलो चरणमा कालिमाटी २ मा चार सय ४१ जनाको जग्गा नापजाँच हुँदैछ । त्यसपछि क्रमशः वडा नम्बर ३,४,५,१,६ र ७ मा नाप नक्साको कार्य गरिने भएको छ ।


    तेस्रो आँखा