• ट्रेण्डिङ्ग :
मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी

मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी


  • 3.5K
    SHARES
    • माघ ६, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.4K Views

    मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी

    काठमाडौं ६ माघ/ सशस्त्र प्रहरी बल नेपालको २३ औं स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटवल खेलमा सञ्चारकर्मीको टोली विजयी भएको छ ।

    images

    बलको प्रधान कार्यालय हलचोक परिसरमा भएको खेलमा सञ्चारकर्मीको समूहले सशस्त्र प्रहरी बललाई एकका विरुद्ध दुई गोलले पराजित गरी विजयी भएको हो । सो अवसरमा एपीएफ महानिरीक्षक राजु अर्यालले विजयी टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेलमा सहभागिताको प्रमाणपत्र प्रदान गरेका थिए ।

    यसअघि नेपाली सेना र नेपाल प्रहरीसँग पनि सञ्चारकर्मीको समूहले मैत्रीपूर्ण फुटबल खेलेको थियो । सशस्त्र प्रहरीले यही माघ ९ गते  विभिन्न कार्यक्रम गरी २३ औं स्थापना दिवस मनाउँदैछ । सशस्त्र प्रहरीले  सीमा सुरक्षा, दङ्गा नियन्त्रण, दैवी प्रकोप एवं विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व सङ्कलनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।


    तेस्रो आँखा