• ट्रेण्डिङ्ग :
दाङमा रुखबाट लडेर महिलाको मृत्यु 

दाङमा रुखबाट लडेर महिलाको मृत्यु 


  • 3.9K
    SHARES
    • माघ ७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    दाङमा रुखबाट लडेर महिलाको मृत्यु 

    दाङ ७ माघ/ दाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ बखरिया निवासी ६५ वर्षीया शितली कुसारी रहेकी छिन् ।

    images

    शनिबार बेलुका घर नजिकैको जंगलमा रुखबाट घाँस खसाल्ने क्रममा लडेर मृत्यु भएको जेठी बुहारी पवित्रा कुसारी जानकारी दिइन्।

    घाइते अवस्थामा फेला परेकी कुसारीलाई उपचारको लागि तुलसीपुर सिटी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज लैजाने तयारी गर्दैगर्दा राति ८ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।


    तेस्रो आँखा