• ट्रेण्डिङ्ग :
सभामुखले संसदीय समितिका सभापतिलाई बोलाए

सभामुखले संसदीय समितिका सभापतिलाई बोलाए


  • 3.3K
    SHARES
    • माघ ७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.1K Views

    सभामुखले संसदीय समितिका सभापतिलाई बोलाए

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातहतका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।

    images

    सभामुख घिमिरेले आइतबार बिहान ११ बजे संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लाग्नुभएको हो । तर छलफलको विषय भने खुलेको छैन । सभामुख घिमिरेले बिहान ११ बजे छलफलका लागि बोलाएको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

    सांसदहरुका अनुसार सभामुख घिमिरेले आफूले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको सन्दर्भमा छलफल गर्न लाग्नुभएको हो । छलफलमा समितिका गतिविधि र कामका विषयमा कुराकानी गर्ने तयारी रहेको छ ।


    तेस्रो आँखा