• ट्रेण्डिङ्ग :
पूर्वराजा ज्ञानेन्द्र शाह आज हेटौंडा आउँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आज हेटौंडा आउँदै


  • 2.6K
    SHARES
    • माघ ७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.0K Views

    पूर्वराजा ज्ञानेन्द्र शाह आज हेटौंडा आउँदै

    हेटौंडा, ७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह आज बागमती प्रदेशको राजधानी हेटौंडा आउँदै हुनुहुन्छ । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका उहाँ यहाँ आउन लागेको राप्रपा मकवानपुरले जनाएको छ ।

    images

    पूर्वराजा शाहलाई आज दिउँसो १२ बजे हेटौंडा-१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने बताइएको छ ।

    उहाँ हेटौंडा-१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र दिउँसो २ः३० बजे हेटौंडा-१० स्थित भुटनदेवी मन्दिरमा पुग्नुहुनेछ ।

    उहाँले हेटौंडा-५ स्थित हेटौंडा रिसोर्टमा शुभेच्छुकसँग भेटघाट गरेर आजै काठमाडौं फर्किने कार्यतालिका रहेको पनि राप्रपा मकवानपुरले जनाएको छ ।


    तेस्रो आँखा