• ट्रेण्डिङ्ग :
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते


  • 3.4K
    SHARES
    • माघ ८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.2K Views

    दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

    दाङ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ -०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    images

    बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले बताए । शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा