• ट्रेण्डिङ्ग :
राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री ओली मिलेर दुई–दुई पटक संविधानलाई खत्तम गर्न खाेजे : पूर्व राष्ट्रपति यादव

राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री ओली मिलेर दुई–दुई पटक संविधानलाई खत्तम गर्न खाेजे : पूर्व राष्ट्रपति यादव


  • 7.0K
    SHARES
    • पौष २४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री ओली मिलेर दुई–दुई पटक संविधानलाई खत्तम गर्न खाेजे : पूर्व राष्ट्रपति यादव

    काठमाडौं, २४ पुस । पूर्वराष्ट्रपति डा रामवरण यादवले जनताको प्रतिनिधिले बनाएको संविधानमाथि पछिल्ला चार वर्षमा बारम्बार आक्रमण भइरहेको बताएका छन् ।

    images

    यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारी मिलेर दुई–दुई पटक संविधानलाई खत्तम गर्न खाेजेकाे आरोप लगाएका छन्। उनले भने 'जनप्रतिनिधिमूलक संस्था संसद् विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरियाे ।' 

    चन्द्रदेव जोशीद्वारा लिखित ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रिपति यादवले जनताको सङ्घर्षको बलमा जारी संविधानले खडा गरेका संस्थाले संविधानलाई जोगाउन पहल गर्नुपर्ने भएपनि त्यसो नगरेकाे बताए । यसलाई मजबुद बनाउनका साटो प्रहार गर्ने काम भएकाे यादवकाे भनाइ छ । 

    जिम्मेवार व्यक्तिबाट बारम्बार प्रहार गरिएको संविधान जोगाउन पाँच दल, नागरिक समाज, नेपाली जनता र अदालतले बचाएको उनकाे भनाइ छ । पछिल्ला समय न्यायालयमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै उनले मुलुकमा सुखद संकेत नदेखिएको धारणा राखे । 


    तेस्रो आँखा