दाङ, ८ माघ । लमही नगरपालिका ९ झ्वाडीस्थित पूर्वपश्चिम राजमार्गमा गएराति बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बर्दियाको गेरुवा गाउँपालिका १ थापापुरका ३६ बर्षीय भीमनाथ योगी र बर्दियाकै मधुवन नगरपालिका २ का युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको हो । बस धनी गुलरिया नगरपालिका ४ का ४० बर्षीय दीपक बिक र बसचालक बर्दियाकै मधुवन नगरपालिका ४ का ३२ बर्षीय खुशीराम चौधरी घाइते भएका छन । घाइतेहरुको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ ।
बर्दियाबाट काठमाण्डौतर्फ जादै गरेको प्र.३-०१-००५ ख ९७१९ नं. को बस दुर्घटनाग्रस्त भएको थियो ।
